दफा ११२
नवुझी नहुने साक्षीलाई समाह्वान वा पक्राउ पूर्जी जारी गर्न सकिने
(१) यस परिच्छेद बमोजिम प्रमाण परीक्षणको लागि अदालतले तोकेको दिन उपस्थित नभएको तर मुद्दाको गम्भीरता हेरी नबुझी नहुने नेपाल सरकार वादी हुने फौजदारी मुद्दासँग सम्बन्धित साक्षीलाई उपस्थित गराउन वा कुनै लिखत वा दसी प्रमाण दाखिला गराउन समाह्वान जारी होस् भनी कारण खुलाई मुद्दाको पक्षले निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन परेमा र त्यस्तो निवेदनको व्यहोरा मनासिब भई त्यस्तो साक्षी बुझ्न पर्ने देखेमा अदालतले त्यस्तो साक्षीलाई बढीमा पन्ध्र दिनको म्याद दिई समाह्वान जारी गरी बुझन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम समाह्वान जारी भएकोमा मनासिब कारण भएकोमा बाहेक त्यस्तो साक्षी तोकिएको म्यादभित्र उपस्थित हुनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम तोकिएको म्यादभित्र उपस्थित नहुने साक्षीलाई अदालतले दुई हजार रुपैयाँसम्म जरिबाना गरी पक्राउ पूर्जी जारी गरी पक्राउ गरी वकपत्र गराउन सक्नेछ ।
(५) उपदफा (४) बमोजिम जुन साक्षीका बिरुद्ध पक्राउ पूर्जी जारी भएको हो त्यस्तो साक्षी फेला परेन वा पक्राउ हुन सकेन भने त्यस्तो साक्षी पक्राउ परेका वा फेला परेका बखत सजाय कार्यान्वयन गर्ने गरी पैतालीस दिनसम्म कैद सजाय गरी बुझिएको प्रमाणबाट मुद्दा फैसला गर्नु पर्नेछ ।
(६) यस दफा बमोजिम जारी भएको समाह्वान वा पक्राउ पूर्जी परिच्छेद –६ बमोजिम तामेली गरिनेछ ।